अलि धेरैै माया गरूँला बरु टाढा न गर
अलि धेरैै माया गरूँला बरु टाढा न गर
चलिरहेको साँस मा कुनै बाधा न गर
स्वार्थी भएं दुनियाँको बोली सुनेर प्रिय
तिमी पनि ज्यान मेरो आधा न गर
जीवनको किताबमा अनुहार तिम्रो मेरो
सतरंगी यी गाथाहरूलाई सादा न गर
मैले माने भूल हो मेरो मानिस नै हो म
गल्ती मेरो सानो ठूलो जरिमाना न गर
हुन्छ दिलको खेलमा हारजीतको कुरा
छोड़ेर न जाऊ मलाई बेसहारा न गर
किन अतीत समझेर जीवन व्यर्थ गर्छौ
अमूल्य जीवन शोकमा स्वाहा न गर
Comments
Post a Comment