सम्बन्ध राम्रो अनि सम्वाद राम्रो राख्नु

सम्बन्ध राम्रो अनि सम्वाद राम्रो राख्नु

सम्बन्ध राम्रो, अनि संवाद राम्रो राख्नु 
छिमेकी संगको बिबाद सदैव राम्रो राख्नु 

सँगै बस्दा हुन्छ ऊंच नीच, सामान्य हो 
आपसको झगड़ामा अभिशाप राम्रो राख्नु 

गल्ती हुन सक्छ कतै कोही संग पनि 
आचरण सरल सधैं स-सम्मान राख्नु 

जीवन मरण नित्य हो, सुख-दुःख पनि 
एक अर्का माथि उपकार उधार राख्नु 

सबल भए, सम्पन्न भए अहंकार न राख्नु
गरिबको मदत गर्नु, उच्च सौहार्द राख्नु 

बीतेको समय फेरि आउँदैन राम्रो नराम्रो
सत्यलाई विजयी, मायाको भण्डार राख्नु 

असल व्यक्ति सत्कर्म गर्छ, खराबले दुष्कर्म 
पक्षपात त्यागेर, न्यायको व्यवहार राख्नु 

इक्षाको पछाडि नलाग्नु दुःख पाउँछ अरे
आवश्यकता सीमित, सपना साकार राख्नु 

Comments