मँ, तिमी भएर मँ छु ।


म तिम्रो मर्यादा बुझ्नै सकिन 

तिमी मेरो मान गर्नै सकिनौ 

म पुरूषोत्वको अहंकारमा 

तिम्रो भावनाको कदर गर्न सकिनं 

तिम्रो उपस्थितिको महत्व हेर्नै सकिनं

मं आफु भित्र जसरी एउटा जहान देख्छु 

तिमी भित्र को संसार देख्नै सकिनं

मं, तिमी भएर मं छु

मं तिमी बिना मं हुनै सक्दिन 

मेरो अस्तित्व तिमी बिना अधूरो हो 

यो सत्य स्वीकार गर्नै सकिन 

मं आफ्नो प्रभुत्व कायम गर्न खोजें 

तिमी आफ्नो उपस्थिति जनाउन खोज्यौ 

मैले आफ्नो हठ र बल देखाएं 

तिमीले आफ्नो सहनशीलता गुमायौ

न मैले हार माने 

न तिमीलाई हार स्वीकार्य भयो 

पुरुष - महिला बराबरको नारामा 

एउटा पवित्र सम्बन्ध अपवित्र बनायौँ 

दुई जीवन अस्त व्यस्त गरेर 

तिमीले र मैले संसार सामु फुर्ती त देखायौं

तर, मासूम जीवनहरुमा खलबलि मचायौं

दाम्पत्य जीवनमा व्यक्तिगत प्रभुत्व 

कुनै अस्तित्व राख्दैन 

एक अर्काको विचार र सूझबूझको 

क़दर र सम्मान गर्नु महत्वपूर्ण हुन्छ l

नारा जे लाए पनि, 

एक अर्कालाई सम्मान दिए, 

आपसी सहमतिमा सहकार्य गरे, 

सामाजिक परंपरालाई मिलेर पालन गरे 

एक अर्का को वर्चस्व, प्रभुत्व 

एक अर्का माथि स्वत: कायम हुन्छ 


Comments