Posts

Fiverr. के हो र यसबाट कसरी पैसा कमाउने ? चरण-दर-चरण पूर्ण सेटअप व्याख्या

Image
Fiverr.   के हो र यसबाट कसरी पैसा कमाउने। चरण-दर-चरण पूर्ण सेटअप व्याख्या Fiverr एक अनलाइन बजार हो जहाँ फ्रीलान्सरहरूले विश्वव्यापी ग्राहकहरूलाई "gigs" भनेर चिनिने सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ। यो एक प्लेटफर्म हो जसले तपाईंलाई लेखन, ग्राफिक डिजाइन, प्रोग्रामिङ, मार्केटिङ, र थप जस्ता विभिन्न कोटीहरूमा सेवाहरू प्रदान गरेर आफ्नो सीप र विशेषज्ञतालाई मुद्रीकरण गर्न अनुमति दिन्छ। Fiverr बाट कसरी पैसा कमाउने भन्ने बारे यहाँ एक चरण-दर-चरण गाइड छ ः  १ )  तपाईंको सीप र सेवाहरू पहिचान गर्नुहोस्: तपाईंसँग कुन सीपहरू छन् जुन मागमा छ र Fiverr मा सेवाहरूको रूपमा प्रस्ताव गर्न सकिन्छ भनेर निर्धारण गर्नुहोस्। यो लेख लेख्ने, लोगोहरू सिर्जना गर्ने, सोशल मिडिया मार्केटिङ प्रदान गर्ने, वा भ्वाइस-ओभर कामबाट पनि हुन सक्छ। सेवाहरू छान्नुहोस् जुन तपाईं निपुण हुनुहुन्छ र आनन्द लिनुहुन्छ। २ )  Fiverr खाता सिर्जना गर्नुहोस्: Fiverr वेबसाइट ( www.fiverr.com ) मा जानुहोस् र खाताको लागि साइन अप गर्नुहोस्। तपाईं आफ्नो अवस्थित इमेल प्रयोग गर्न सक्नुहुन्छ वा आफ्नो Google वा Facebo...

चलचित्र अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश । एक पार्टी छोडेर अर्को पार्टीमा सामेल हुनु के अवसरवादको उदयलाई संकेत गर्छ ?

Image
(करिश्मा मानन्धरलाई एमालेमा स्वागत गर्दै केपी शर्मा ओली) एक पार्टी छोडेर अर्को पार्टीमा सामेल हुनु असामान्य होइन तर माथिको प्रवृत्तिले अवसरवादको उदयलाई संकेत गर्छ, पर्यवेक्षकहरू भन्छन्। प्रेमबहादुर सिंहले पञ्चायतकालमा कालिकोट जिल्लामा नेपाल मजदूर किसान पार्टीबाट राजनीति सुरु गरेका थिए । उनलाई कर्णालीको प्रतिनिधित्व गर्ने पार्टीमा प्रभावशाली नेता मानिन्थ्यो । सन् १९९० मा प्रजातन्त्रको पुनर्स्थापनापछि सिंहले पार्टी छाडेर नेकपा एमालेमा प्रवेश गरेका थिए । उनी १९९१ मा एमालेबाट राष्ट्रिय सभा सदस्य भएका थिए ।१९९९ को आमनिर्वाचनमा उनले एमालेको टिकटमा कालिकोटबाट प्रतिनिधिसभा सिट जितेका थिए । 2005 मा, जब राजा ज्ञानेन्द्रले सत्ता कब्जा गरे, सिंहले यस कदमको स्वागत गर्न हतार गरे। सन् २००६ मा दोस्रो जनआन्दोलनपछि प्रतिनिधिसभा पुनःस्थापना हुँदा एमालेले उनलाई बहिष्कार गरेको थियो । उनले पार्टी छाडेर आफ्नै समाजवादी जनता पार्टी बनाए । उनी समानुपातिक प्रतिनिधित्व प्रणालीअन्तर्गत दुवै संविधानसभाका सदस्य थिए। सन् २०१७ को आम चुनावमा उनको पार्टीले एउटा सिट जित्न सकेन । आगामी निर्वाचनमा आफ्नो पार्टीको सम्भावना न...

चुनावी गठबन्धनको विवाद जारी । कुन पार्टी को संग सहकार्य गर्ने भन्ने अन्यौलता कायम ।

Image
स्थानीय निर्वाचनको मिति अझै नजिकिँदै गर्दा सत्तारुढ गठबन्धनका साझेदार पार्टीहरू खासगरी नेपाली काँग्रेस, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तथा नेकपा (एकीकृत समाजवादी)बीच चुनावी गठबन्धनलाई लिएर अन्योल बढेको छ । माओवादी केन्द्रले नेकपा एमालेसँगको गठबन्धनको ढोका बन्द नगरेको अस्पष्ट दाबी गर्दै आएका छन् भने कम विकल्प रहेको एकीकृत समाजवादीले धेरै बयानबाजीको सहारा लिएको छैन । दोहोरो भूमिकामा रहेको माओवादीका अध्यक्ष पुष्पकमल दाहालले दोहोरो बोल्ने क्रम जारी राखेका छन् । धनराज गुरुङजस्ता काङ्ग्रेसका नेताले माओवादी टिक्न नसक्ने भनी टिप्पणी गरिरहने हो भने आफ्नो पार्टीले विकल्प खोज्नुपर्ने आवश्यकता रहेको आइतबार पोखरामा आयोजित एउटा कार्यक्रममा दाहालले बताए । “विकल्प खोज्नुको अर्थ हामीले एमालेसँग गठबन्धन गर्दैछौं भन्ने पनि होइन। हामी अझै पनि यो गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौं भनेर दाहालले आफ्नो भनाई राखे । दुवै कम्युनिष्ट शक्तिका लागि कांग्रेस चाहिन्छ, तर उनीहरुलाई सँगै लैजाने भन्ने विषयमा कांग्रेस भित्र पनि मत विभाजित छ । आइतबारदेखि नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले सत्तारुढ द...

सम्बन्ध राम्रो अनि सम्वाद राम्रो राख्नु

Image
सम्बन्ध राम्रो, अनि संवाद राम्रो राख्नु  छिमेकी संगको बिबाद सदैव राम्रो राख्नु  सँगै बस्दा हुन्छ ऊंच नीच, सामान्य हो  आपसको झगड़ामा अभिशाप राम्रो राख्नु  गल्ती हुन सक्छ कतै कोही संग पनि  आचरण सरल सधैं स-सम्मान राख्नु  जीवन मरण नित्य हो, सुख-दुःख पनि  एक अर्का माथि उपकार उधार राख्नु  सबल भए, सम्पन्न भए अहंकार न राख्नु गरिबको मदत गर्नु, उच्च सौहार्द राख्नु  बीतेको समय फेरि आउँदैन राम्रो नराम्रो सत्यलाई विजयी, मायाको भण्डार राख्नु  असल व्यक्ति सत्कर्म गर्छ, खराबले दुष्कर्म  पक्षपात त्यागेर, न्यायको व्यवहार राख्नु  इक्षाको पछाडि नलाग्नु दुःख पाउँछ अरे आवश्यकता सीमित, सपना साकार राख्नु 

मँ, तिमी भएर मँ छु ।

Image
म तिम्रो मर्यादा बुझ्नै सकिन  तिमी मेरो मान गर्नै सकिनौ  म पुरूषोत्वको अहंकारमा  तिम्रो भावनाको कदर गर्न सकिनं  तिम्रो उपस्थितिको महत्व हेर्नै सकिनं मं आफु भित्र जसरी एउटा जहान देख्छु  तिमी भित्र को संसार देख्नै सकिनं मं, तिमी भएर मं छु मं तिमी बिना मं हुनै सक्दिन  मेरो अस्तित्व तिमी बिना अधूरो हो  यो सत्य स्वीकार गर्नै सकिन  मं आफ्नो प्रभुत्व कायम गर्न खोजें  तिमी आफ्नो उपस्थिति जनाउन खोज्यौ  मैले आफ्नो हठ र बल देखाएं  तिमीले आफ्नो सहनशीलता गुमायौ न मैले हार माने  न तिमीलाई हार स्वीकार्य भयो  पुरुष - महिला बराबरको नारामा  एउटा पवित्र सम्बन्ध अपवित्र बनायौँ  दुई जीवन अस्त व्यस्त गरेर  तिमीले र मैले संसार सामु फुर्ती त देखायौं तर, मासूम जीवनहरुमा खलबलि मचायौं दाम्पत्य जीवनमा व्यक्तिगत प्रभुत्व  कुनै अस्तित्व राख्दैन  एक अर्काको विचार र सूझबूझको  क़दर र सम्मान गर्नु महत्वपूर्ण हुन्छ l नारा जे लाए पनि,  एक अर्कालाई सम्मान दिए,  आपसी सहमतिमा सहकार्य गरे,  सामाजिक परंपरालाई मिलेर पाल...

अलि धेरैै माया गरूँला बरु टाढा न गर

Image
अलि धेरैै माया गरूँला बरु टाढा न गर  चलिरहेको साँस मा कुनै बाधा न गर  स्वार्थी भएं दुनियाँको बोली सुनेर प्रिय  तिमी पनि ज्यान मेरो आधा न गर  जीवनको किताबमा अनुहार तिम्रो मेरो  सतरंगी यी गाथाहरूलाई सादा न गर  मैले माने भूल हो मेरो मानिस नै हो म  गल्ती मेरो सानो ठूलो जरिमाना न गर  हुन्छ दिलको खेलमा हारजीतको कुरा  छोड़ेर न जाऊ मलाई बेसहारा न गर  किन अतीत समझेर जीवन व्यर्थ गर्छौ  अमूल्य जीवन शोकमा स्वाहा न गर 

प्रकाशजीले कसैको धम्की र त्रासमा आएर भिडियो हटाउनु हुँदैन । यसो भयो भने संविधान झुठो साबित हुन्छ ।

Image
प्रकाश सपुतजी को भिडियो "पीर" एक उत्कृष्ट भिडियो हो जसले वर्तमान परिस्थितिको सही चित्रण गरेको छ। नेपालमा राजनैतिक अस्थिरता र नेपालीहरुको बेवारिसे अवस्थालाई ठीक ठीक व्याख्या गर्ने उक्त भिडियो नेपालीहरुको मनभित्र उब्जेका लाखौं प्रश्नहरूको एउटा " नमूना प्रश्न " बनेर सरकार, सहयोगी पार्टी तथा खासगरी माओवादी नेतृत्वसामु चुनौतीको रूपमा उभिएको छ।  १० वर्षको निरन्तर जनयुद्धमा जसरी जनवादी क्रान्तिकारीहरूले आफ्नो योगदान पुर्याए त्यसको पुरस्कार गणतन्त्र नामक उपलब्धिले उपहास, तिरस्कार र विदेश पलायन हुने बाध्यताको रूपमा फर्काएको यस भिडियोले दर्शाएको छ। १५ वर्ष बितिसक्दा पनि त्यो उपलब्धिले आम जनताको जीवनमा कुनै सकारात्मक परिवर्तन ल्याउन नसकेको गुनासो यस भिडियोमा प्रष्ट देख्न सकिन्छ । प्रत्यक्ष अथवा अप्रत्यक्ष रूपमा माओवादी पार्टी निरन्तर सत्तामा बसी नै रहे तर जनयुद्ध बाट प्राप्त गरेको उपलब्धि र अवसरलाई मूर्त रूप दिन सकेन । यसको विपरित माओवादी पार्टी र कार्यकर्ताहरु भोग विलासमा केन्द्रित भए । आफ्नो स्वार्थ तथा आफन्तहरूको उन्नतिको लागि हुने जति सबै काम गरे तर देशको हितका लागि कुनै ...